सुन तस्करी प्रकरणमा पक्राउ परेका खत्रीलाई थप चार दिन हिरासतमै राख्न आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेका खत्रीलाई थप चार दिन हिरासतमै राख्न आदेश

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौ २४ माघ ।  

अवैध सुन तस्करी प्रकरणमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलाई थप चार दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद गरिदिएको छ ।

काठमाडौं जिल्ला अदालतले आज प्रहरीलाई अनुसन्धानका लागि समय दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको नियन्त्रणमा रहेका खत्रीलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालत पेश गरेको थियो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन भित्र्याउन सघाएको आरोपमा एसएसपी खत्रीलाई सीआइबीले हिजो प्रहरी हेडक्वाटरबाटै नियन्त्रणमा लिएको हो ।

खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत् रहेका थिए । सो घटनालगत्तै खत्रीलाई हेडक्वार्टर तानिएको थियो । प्रहरीले यसअघि विमानस्थल भन्सारमा कार्यरत तीनजना कर्मचारीलाई पनि पक्रिसकेको छ ।

उनीहरुको बयानका आधारमा खत्रीलाई पक्राउ गरिएको बताइएको छ । गत पुस २१ गते दुबई विमानस्थल हुँदै ल्याइएको सुनसहित सीआइबीले तीनजनालाई नियन्त्रणमा लिएको थियो ।

नुवाकोटमा भूकम्पपछिको पुनरनिर्माणमा खटिएका इन्जिनियर घुससहित पक्राउ
काठमाडौ २४ माघ ।
भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा खटिएका इन्जिनियर आज घुससहित पक्राउ परेका छन् । नुवाकोटको बेलकोटमा खटिएका इन्जिनियर रुपन्देही सिर्दाथनगर १ का प्रविणकुमार श्रीवास्तव दुई हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

सहरी तथा भवन निर्माण डिभिजन कार्यालय नुवाकोटका करार सेवामा कार्यरत इन्जिनियर श्रीवास्तवले बेलकोट ३ का बद्री तिवारीसँग दुई हजार रुपैयाँ घुस लिएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

तिवारीको निर्माणाधिन घर निजी आवास अनुदान कार्यविधि अनुसार नभएको बताउँदै इन्जिनियर श्रीवास्तवले पाँच हजार रुपैयाँ घुस मागेकोमा तिवारीले दुई हजार रुपैयाँ मात्र दिएका थिए ।

गाउँमा निर्माण हुने अधिकांश घर मापदण्ड अनुसार निर्माण नभएको बताउँदै इन्जिनियर श्रीवास्तवले सोही वडामा निर्माण भइरहेका केही घरधनीहरुसँग पनि रकम मागेको गाउँलेको दाबी छ ।

बेलकोटकै रामशरण ओलीले घर निर्माणको क्रममा जग खन्ने बेलादेखि इन्जिनियर श्रीवास्तवसँग सल्लाह गरेर अघि बढाइएको भएपनि अन्तिम पटक मापदण्ड नपुगेको बताउँदै आफूसँग पनि पाँच हजार रुपैयाँ घुस मागेको दाबी गर्नुभयो ।

टोलभरी निर्माण भइरहेका घरधनीसँग जनही पाँच हजारको दरले रकम माग गरेपछि आज गाउँ पुगेका इन्जिनियर श्रीवास्तवलाई गाउँलेहरुले समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।

पक्राउ परेका श्रीवास्तवलाई कारवाहीको माग गर्दै बेलकोट गाविसका एक सयभन्दा धेरै बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ