तीन महिनाभित्र पुँजीगत खर्च बढाउन लेखा समितिको निर्देशन

तीन महिनाभित्र पुँजीगत खर्च बढाउन लेखा समितिको निर्देशन

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौ २४ माघ ।  

व्यवस्थापिका संसद अन्तरगत सार्वजनिक लेखा समितिले अबको तीन महिनामा बढीभन्दा बढी पुँजीगत खर्च गर्न सरकारलाई निर्देशन दिएको छ ।

पुँजीगत खर्च बढाउनेबारे आज समितिमा भएको छलफलमा अर्थ सचिव सान्तराज सुवेदीलाई बोलाएर खर्च बढाउन आइपरेका समस्याबारे छलफल गरेको हो । आर्थिक वर्षको ६ महिना बितिसक्दा समेत पुँजीगत खर्च ज्यादै कम भएपछि लेखा समितिले चासो लिएको हो ।

बैठकमा बोल्दै अर्थ सचिव सुवेदीले अर्थमन्त्रालयले पुँजीगत खर्च बढाउन कुनै कसुर बाँकी नराखेको जानकारी दिँदै खर्च गर्न नसक्ने मन्त्रालयलाई सजाँयको दायरामा ल्याएमात्र यो समस्या समाधान हुनसक्ने बताउनुभयो ।

अहिलेसम्म जम्मा ११ प्रतिशत मात्र पुँजीगत खर्च हुँदा बजारमा तरलता अभाव भएको छ भने विकास निर्माणका कामले गति लिन सकेको छैन । यस्तै बैठकमा वाणिज्य बैंकमा देखिएको तरलता अभावका बारेमा पनि छलफल भएको छ ।

सांसदहरुले भने बैंकले निक्षेप र कर्जाको ब्याजदरबीचको स्पे्रडदर अनुगमन गर्न जोड दिएका छन् । छलफलमा गभर्नर चिरन्जीवी नेपालले बैंकहरुमा तरलता अभाव नरहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ