काठमान्डौ माघ २४।
नेपाल पत्रकार महासघका महासचिव उजिर मगरले पत्रकार महासङ्घको आसन्न निर्वाचनमा केन्द्रित भएको बताउनु भएको छ ।
पत्रकार महासङ्घ ललितपुरले सुरु गरेको बिकास पत्रकारिता तालिमको अवसरमा बोल्दै महासचिव मगरले निर्वाचनका लागि मुलुकका ७० जिल्लाको नयाँ सदस्यताको प्रक्रिया समेत टुंग्याइसकेको बताउनु भएको हो ।
पत्रकारको हक हित र अधिकारमा लाग्न पत्रकारहरुले नै सोही पेशामा लागेका पत्रकारलाई नेतृत्व दिनु पर्नेमा उहाँको जोड थियो । साथै उहाँले तालिमबाट धेरै पत्रकारको क्षमतामा विकास हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नु भयो ।
यस्ता प्रकारका तालिमहरु ललितपुरमा मात्र नभएर दुर्गम भेगमा पनि सञ्चालन गर्नु पर्ने उहाँको धारणा रहेको थियो । मगरले विकासका आयोजनामा धेरै विकृति देखिएको भन्दै पत्रकारले विकासको अनुगमन पनि गर्नु पर्ने बताउनु भयो ।
यसैविच जिल्ला बिकास समिति ललितपुरको सहकार्यमा सुरु भएको उक्त तालिममा ४० भन्दा बढी पत्रकारहरुको सहभागीता रहेको बताइएको छ ।
उक्त तालिममा उजिर मगर, खिलाबहादुर भन्डारी, शिब गाउले, प्रबेश सुवेदी, शिरोमणि ढुङगानाले प्रशिक्षण दिने पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनु भयो ।