काठमाडौं, माघ २४ ।
साढे ३३ किलो सुनकाण्डमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी श्यामबहादुर खत्रीलाई आज म्याद थपका लागि अदालत लगिँदै छ ।
साढे ३३ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा सीआइबीको हिरासतमा रहेका एसएसपी खत्रीलाई थप अनुसन्धान गर्न प्रहरीले म्याद थपका लागि अदालतसँग अनुमति लिन लागेको हो ।
गत महिना त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले एसएसपी खत्रीलाई हिजो प्रहरी मुख्यालय नक्सालबाटै पक्राउ गरेको हो ।
खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत खत्रीलाई घटनालगत्तै हेडक्वार्टरमा तानिएको थियो । प्रहरीले यसअघि विमानस्थल भन्सारमा कार्यरत तीन जना कर्मचारीलाई पनि पक्राउ गरेको थियो ।
उनीहरुको बयानका आधारमा खत्रीलाई पक्राउ गरिएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline