धार्केमा भएको सवारी दुर्घटनामा घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु

धार्केमा भएको सवारी दुर्घटनामा घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमान्डौ माघ २४ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा माइक्रोबस दुर्घटनामा परी घाइते भएका एक बालकको आज विहान उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

गोरखाका ७ वर्षिय बालक सुजन थापाको उपचारको क्रममा आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते गोरखाका सविना थापा, कल्पना गौतम र मुनप्रसाद देवकोटाको ललितपुर स्थित गणेशमान महालक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।

काठमाण्डौबाट गोरखा तर्फ जाँदै गरेको बा २ ख ३७१४ नम्बरको माइक्रोबसले ना ५ ख २९२० नम्बरको ट्रकलाई ओभरटेग गर्न खोज्दा उक्त दुर्घटना भएको थियो । घाइते हुनेमा सबै माइक्रोबसमा सबार यात्रु रहेका छन् ।

सामान्य घाइते ६ जनाको धार्के्स्थित शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको काठमाण्डौ स्थित विभिन्न अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ