बिमस्टेकमा आज  भोलीका लागि तय भएको उच्च अधिकारीको बैठकको एजेन्डा तय गरिने

बिमस्टेकमा आज  भोलीका लागि तय भएको उच्च अधिकारीको बैठकको एजेन्डा तय गरिने

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, माघ २४ ।
राजधानीमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिमस्टेकको बैठक आज पनि बस्दै छ ।

आजको बैठकमा १७ औ विमस्टेक सदस्य राष्ट्रका उच्च अधिकारीहरुको बैठकका लागि तयारी बैठक हुदै छ । बैठकले भोलीका लागि तय भएको उच्च अधिकारीको बैठकको तयारी सहित छलफलका एजेन्डा तय गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिमस्टेकको अध्यक्ष राष्ट्रका हैसियतले नेपालले बैठक आह्वान गरेको हो । ३ दिनसम्म चल्ने बैठकमा नेपाल सहित बिम्स्टेक सदस्य राष्ट्र भारत, बंगलादेश, भुटान, म्यानमार, श्रींलका र थाइल्याण्डका वाणिज्य र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृतको सहभागिता रहेको बताइएको छ ।

यस्तै भोली सदस्य राष्ट्रहरुका विदेश तथा परराष्ट्र मामिला मन्त्रालयका सचिवस्तरको बैठक बस्ने छ । बैठकले नेपालमा हु ने चौथो विमस्टेकको शिखर सम्मेलनको तयारी तथा मिति घोषण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालका तर्फबाट आजको बैठकको नेतृत्व पनि परराष्ट्र मन्त्रालयका क्षेत्रीय संगठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गर्नु हुनेछ भने भोलीको बैठकको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका क्षेत्रीय संगठन महाशाखा प्रमुख भट्टराईका अनुसार भोली हुने उच्च नेतृत्वको बैठकबाट विमस्टेकका क्षेत्रगत उपलब्धिको समीक्षा गरीनेछ । बैठकमा यस क्षेत्रको आर्थिक विकासका साथै प्रविधीको साझेदारी तथा सामाजिक–आर्थिक विकासका १४ क्षेत्रमा भएका प्रगतिको समीक्षा समेत हुनेछ ।

बैठकमा गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तन लगायत विषयमा समेत छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ