ग्लोबल नेप्लिज जर्नालिष्ट नेटवर्क गठन

ग्लोबल नेप्लिज जर्नालिष्ट नेटवर्क गठन

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ २४ माघ ।

प्रवासी मुलुकमा बसेर नेपाली पत्रकारिता गरिरहेका पत्रकारहरुको विश्व सन्जाल ग्लोबल नेप्लिज जर्नालिस्ट नेटवर्क गठन भएको छ ।

विभिन्न देशमा रहेर नेपाली पत्रकारितासँग जोडिएका पत्रकारको बिचमा सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ सञ्जाल गठन भएको हो ।

बुटवलमा रहेर पत्रकारिता गरेका र अहिले अमेरिकामा अध्ययनरत पत्रकार सुरज भण्डारीको संयोजकत्वमा गठित सञ्जालमा संयुक्त अरब इमिरेट्सबाट उमाकान्त पाण्डे, विकास थापा, मोहन बस्याल, दिनेश आचार्य, सुवास शर्मा, हुनुहुन्छ ।

त्यस्तै क्यानडाबाट गोकर्ण लामिछाने, प्रकाश क्षेत्री, पोर्चुगलबाट हिम विष्ट र भरत प्रधान, ओमानबाट पशुपति जिसी, बहराइनबाट युवराज केसी, जापानबाट अनिल शाही र ईश्वर ढकाल सहभागी छन् ।

यस्तै सन्जालमा कोरियाबाट मधु पोखरेल, प्रकाश पाण्डे, सुवास सिम्खडा न्युजिल्याण्डबाट मिलन जिसी, कतारबाट सुरेन्द्र परियार, प्रदिप नेपाली, रामप्रसाद पराजुली, महेश्वर नेपाल, साउदी अरबबाट नैनकला राई, कुवेतबाट हरीकृष्ण न्यौपाने, थाइल्याण्डबाट सुरेश ढकाल, अष्ट्रलियाबाट सन्तोष भट्टराई तथा हङकङबाट अनोज रोका रहेका छन् ।

अन्य देशमा रहेका पत्रकारहरुलाई समेत समेट्नका लागि गोकर्ण लामिछाने, उमाकान्त पाण्डे र भरत प्रधानलाई जिम्मेवारी दिइएको छ ।

विभिन्न देशमा रहेका पत्रकारहरु बिच सम्पर्क स्थापित गरी आपसी सहयोग र सहकार्य गर्दै त्यस देशका नेपाली समुदाय सम्बन्धित गतिविधि आदानप्रदान गर्नु मुख्य उद्देश्यका साथ स्थापित संजालमा देश अनुसार थप सदस्य बिस्तार गर्दै लगिने संयोजक भण्डारीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ