नेपाली सेनाद्वारा कैलालीमा मोबाइल घुम्ती शिविर सञ्चालन

नेपाली सेनाद्वारा कैलालीमा मोबाइल घुम्ती शिविर सञ्चालन

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

धनगढी, २३ माघ । नेपाली सेनाले कैलालीको मुनुवा गाविसमा एकीकृत घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

दुई दिनसम्म चलेको सो स्वास्थ्य शिविरबाट दुई हजार २०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच तथा उपचार पाएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शिविरमा २० जनालाई नागरिकताको प्रमाणपत्र वितरण तथा ५० जनालाई अपाङ्गताको परिचयपत्र वितरण गर्नुभएको थियो ।

शिविरमा नेपाली सेनाको ५० शय्याको मोबाइल अस्पतालमा संलग्न रहेको १०५ जनाको स्वास्थ्य टोलीमार्फत सर्वसाधारणको स्वास्थ्य जाँच तथा उपचार गरिएको थियो ।

विसं २०७२ मा आएको भूकम्पपछि चीन सरकारले नेपाली सेनालाई ५० शय्या भएको मोबाइल अस्पतालको सहयोग गरेको थियो । सोह्र प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराइने सो मोबाइल अस्पतालमा आइसियू, जेनेटर, ल्याबलगायतका सेवा उपलब्ध छन् ।

शिविरमा जिल्ला प्रशासन कार्यालय कैलालीको पहलमा सङ्कलन गरिएको करिब रु पाँच लाख बराबरको औषधिसमेत वितरण गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी