२० वर्ष पुरानो सवारी साधनलाई हटाउने निर्णय कार्यन्वयन नगर्न माग

२० वर्ष पुरानो सवारी साधनलाई हटाउने निर्णय कार्यन्वयन नगर्न माग

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ २३ माघ ।  

सरकारले आगामी फागुन १७ गतेदेखि २० वर्ष पुराना यातायातका साधनहरूमाथि प्रतिबन्ध लगाउने सम्बन्धमा गरेको निर्णय कार्यन्वयन नगर्न राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघले माग गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले २० बर्ष पुराना यातायात साधानमाथि रोक लगाउने सरकारी निर्णय मजदुरहरुको हकमा नभएको भन्दै कार्यन्वयन नगर्न माग गरेको हो ।

नेपाल मातृभूमि पार्टीका अध्यक्ष ओमप्रकाश विश्वकर्माले सरकारले गरेको निर्णय मजदुरको गाँस खोस्ने खालको भएको आरोप लगाउनु भयो । कार्यक्रममा नेपाल यातायात महिला चालक समुहकी अध्यक्ष मिनाचन्द ठकुरीले मजदुरले गरी खाने बाटोलाई सरकारले बन्देज लगाएकोमा आपत्ति जनाउनु भयो ।

यातायातको क्षेत्रमा लाखौं परिवार आफ्नो सम्पूर्ण लगानी गरेर आफू लगायत अन्य चालक, सह चालक, पार्ट पसल र मेकानिकहरुको परिवार चलाई रहेको उल्लेख गर्दै उनीहरुले सरकारको पछिल्लो निर्णयले यातायात व्यवसायी लगायत मजदुर वर्गलाई आफ्नै देशमा शरणार्थीको जीवन बिताउन बाध्य पार्ने भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

टे्रड युनियनले उठानएका मागहरूमा हिन्दु सेना नेपाल, स्वरोजगार यातायात संघ, हिन्दु जागरण यूवा संघ लगायत संस्थाहरूले ऐक्यबद्धता जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ