दक्षिण एसियाली किसान सम्मेलन सम्पन्न

दक्षिण एसियाली किसान सम्मेलन सम्पन्न

खाद्य सम्प्रभूतालाई प्रभावकारी कार्यान्वयनमा जोड

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौ २३ माघ ।  

मौलिक हकका रुपमा खाद्य सम्प्रभूतालाई प्रभावकारी कार्यान्वयन हुनुपर्ने लगायत १२ बुुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै राजधानीमा जारी दक्षिण एसियाली किसान सम्मेलन आज सम्पन्न भएको छ ।

अखिल नेपाल किसान महासंघले आयोजना गरेको सम्मेलनपछि महासचिव बलराम बाँस्कोटाद्वारा आज जारी विज्ञप्तिमा नवउदारवादले सिर्जना गरेको नाफामुखी अर्थतन्त्रलाई अन्त्य गरी न्याय र समतामूलक समाजवादको स्थापनाका लागि जनस्तरबाट साझा पहल गर्ने घोषणा गरिएको छ ।

यस क्षेत्रका प्रगतिशील र समाजवादी आन्दोलनमा आवद्ध किसान सङ्गठन, श्रमिक सङ्गठन, युवा र महिला किसान सहभागी सम्मेलनमा स्थानीय उत्पादनको उपयोग बढाउन, स्रोत र साधन तथा उत्पादानका साधनमा समान वितरणको प्रणाली लागू गर्न पनि जोड दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी