काठमाडौ २३ माघ ।
सुन तस्करी प्रकरणमा वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्रारिष्ट्रय विमानस्थल हुँदै भएको साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले खत्रीलाई पक्राउ गरेको हो ।
सिआइबीले एसएसपी खत्रीलाई प्रहरी प्रधान कार्यालबाट पक्राउ गरेको हो । एसएसपी खत्री पुस २१ गते सुन तस्कर भएको बेला विमानस्थलमै कार्यरत थिए ।
पछि उनलाई अनुसन्धान गर्न भन्दै प्रहरी प्रधान कार्यालय तानिएको थियो । उनले सुन तस्करलाई सघाएको आरोपमा पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline