नवलपरासीमा लाग्ने मदारबाबा मेला तयारी पूरा

नवलपरासीमा लाग्ने मदारबाबा मेला तयारी पूरा

  • आइतवार, माघ २३, २०७३
  • रबिन्द्र यादव

  • 8.3K
    SHARES

 नवलपरासी।

जिल्लाकाे कुडिया गा. बि.स. काे महलबारीमा यहि फागुन ५ गते देखि मदार मेला सुरु हुने भएकाे छ ।लामाे समय देखि हरेक बर्ष लाग्दै अाएकाे मदारमेला फागुन ५ गते देखि १४ गते सम्म मेला सन्चालन हुने मदरसा ईस्लामिया कुताबुल कुडियाका अध्यक्ष जमालुदिन असारी ले बताउनु भएकाे छ।

मेला सन्चालन काे बारेमा जानकारी गराउने उदेश्यले महलबारीमा पत्रकार सम्मेलन गरि मेला बारे जानकारी गराईएकाे हाे।मेलाका लागि अावश्यक पर्ने पुर्बधारकाे ब्योजनाको तयारीकाेलागि,विभिन्न समिति मार्फत,सरसफाई ,खानेपानी बाटाेघाटाे ,शाैचालय,सवारीसाधनका लागि पार्किङ , बिजुलि ,सन्चार काे ब्यवस्थापन कार्य तिब्र रुपमा अगाडि बढिरहेकाे अायाेजक ले पत्रकार सम्मेलन मार्फत जनायकाे छ।मेलामा करिब १० लाख भक्त श्रध्दालुहरुकाे उपस्थिति हुने अनुमान गरिएकाे छ।

नवलपरासीकाे एैतिहासिक तिर्थस्थलकाे रुपमा रहेकाे दाउनेदेबि,रामग्रामस्तुप,माैलाकालिका,गजेन्द्र माेछधाम मध्ये मदारस्थान पनि एक महत्वपर्ण स्थान हेा।मदार बाबाकाे मजारस्थानमा पुगेर मनमा चिताएकाे मनाेकामना पूरा हुने धार्मिक बिश्वास रहि अाएकाे छ। महिलाहरुकाे बच्चाहुने समस्या लाई यहाजाने महिलाहरुले भाकल गरेर अाएपछि बाल बच्चा पाएकाे महिलाहरुले बताउदै अाएका छन।

मदारबाबाकाे मजारस्थान महलबारी देखि लगभग९ किलाेमिटर पहाडकाे डाडामा अवस्थित रहेकाे छ लगभग ३ घन्टा पुग्न लाग्दछ। नेपाल र मित्र राष्ट्र भारत का भक्तजन हरुकाे उपस्थिति हुने जनाईकाे छ।मेलालाई सभ्य रभब्य बनाउन कडा सुरक्षाका लागि सुरक्षाकर्मी, स्थानियस्वयसेवक खटाईने बताईएकाे छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ