बीएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिन माग

बीएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिन माग

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

झापा, २३ माघ । नागरिक समन्वय समितिसहितका एक दर्जन संस्थाले आज ऊर्जा मन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ समक्ष बीएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिई नियमित पठनपाठन यथाशीघ्र सञ्चालनको वातारण बनाइदिन ज्ञापनपत्र बुझाएका छन् ।

आज बिहान निरीक्षणको क्रममा धाइजनस्थित बीएण्डसी मेडिकल कलेज र विर्तामोडस्थित बिएण्डसी हस्पिटल पुग्नुभएका मन्त्री शर्मालाई समितिको तर्फबाट विर्तामोडमा प्रेम नेम्वाङले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले वास्तविकता अध्ययन गरी सकारात्मक कदम अगाडि बढाउने बताउनुभयो । धाइजनबासीको तर्फबाट मन्त्री शर्मामार्फत प्रधानमन्त्री एवम् कुलपति तथा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुको ध्यानकर्षणको लागि ज्ञापनपत्र बुझाइएको बताइएको छ ।

धाइजन क्षेत्रको विकासको प्रतिकको रुपमा रहेको बीएण्डसी मेडिकल कलेजको स्वीकृति प्रक्रियालाई बीचमै रोक्ने कार्य भएकोमा धाइजनबासीलाई घात पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।

मेचीअञ्चलका २६ लाख नागरिकलाई सहजरुपमा विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउनका लागि बीएण्डसी मेडिकल कलेजले सम्पूर्ण पूर्वाधार पूरा गरिसकेकोले सम्बन्धनपश्चात मेडिकल कलेजको नियम र मान्यताअनुसार सुलभ मूल्यमा अध्यापन तथा उच्चस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने बताइएको छ ।

स्थानीय नागरिक समन्वय समिति, अभिभावक समन्वयन समिति, युवा समन्वय समिति, जनुतारा कृषि सहकारी संस्था, शिवदुर्गा बचत तथा ऋण सहकारी संस्था, शिवलक्ष्मी दिव्यधाम सत्सग समाज, बाठौं कृषि सहकारी संस्था, मेचे शिवियारी आफात, दुईरिङ्गे सहकारी संस्था, नेपाल राष्ट्रिय दलित गरिमा समूह, नागरिक वडा मञ्च धाइजन, वडा नं ४, ६, ७ र ८ का तर्फबाट मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ