सरकारले लियन शिक्षकलाई अन्याय गरेको गुनासो

सरकारले लियन शिक्षकलाई अन्याय गरेको गुनासो

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

भक्तपुर, २३ माघ ।

घटुवा शिक्षकहरुले माथिल्लो तहमा नियुक्ति हुने योग्यता पुगी माथिल्लो तहमा बढुवा भई कार्य गरी आएका शिक्षकलाई तल्लो तहमा झारेको भन्दै विरोध जनाएका छन् । शिक्षा विभागले २०७२ साउनमा आफ्नै पदमा फर्किएका शिक्षकले पुनःसोही पद पाउनुपर्ने भक्तपुरको रफत सञ्चार क्वलमा आइतबार पत्रकार सम्मेलन गर्दै सो माग गरेका हुन् ।

पुर्नस्थापना पार्टीले भक्तपुरमा गरेको कार्यक्रममा सहभागी शिक्षकले सर्वोच्च अदालतले २०७२ असार २९ गते शिक्षा विभागलाई परिपत्र गरी शिक्षा विभागको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिए पनि विभागले सो आदेश विपरीत काम गरेको शिक्षकको माग छ ।

आफूहरु २०४५ सालमा अस्थायी नियुक्ती भएको, २०४८ सालमा स्थायी भएको र २०४९ सालमा सरकारले नै तल्लो पद लियन राखेर आफूलाई मावि तहमा अस्थायी बढुवा गरिएको गुनासो गरे । शिक्षा विभागका अनुसार ३५ जिल्लाका तल्लो तहका सयौं स्थायी शिक्षकले माथिल्लो तहको जिम्मेवारी लिएका थिए । यसमध्ये काठमाडौंमा ७६, ललितपुरमा ४० र भक्तपुरमा २७ जना रहेका थिए । त्यस्तै काभ्रेमा १८ जना रहेको पुनरुत्थान पार्टीले जनाएको छ ।

पार्टीले देशभर त्यस्ता शिक्षकको संख्या करिब ५ सयदेखि ६ सयसम्म हुन सक्ने अनुमान गर्दै सो प्रकृतिका शिक्षकको पक्षमा आफूले आवाज उठाएको पार्टीको सल्लाहकार एवं अधिवक्ता कोषराज काफ्लेले बताउनुभयो । अधिवक्ता काफ््लेका अनुसार अदालतको अन्तरिम आदेशले बागलुङका ९, काठमाडांका ४, काभ्रेका ४, उदयपुरका १, सिरहाका १, रौतहटका १९, बाराका १ शिक्षक पहिलाकै पदमा पूनर्बहाली भइसकेका छन् भने अझै २० जना शिक्षकले रिट दायर गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी