काठमाडौं, माघ २३ ।
नेपाल स्टक एक्सचेन्जले अब १० कित्ता भन्दा कम शेयरको पनि किनबेच गर्न सकिने जनाएको छ ।
आज देखि १० भन्दा कम कित्ता शेयर भए पनि किनबेच गर्न सकिने व्यवस्था लागु हुने स्टक एक्सचेन्जले जनाएको हो ।
एक्सचेञ्जका अनुसार दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमै १० कित्ता भन्दा कम अर्थात अड लट किनबेच गर्न सकिनेछ । यसअघि १० र १० ले गुणा जाने सङ्ख्यामा मात्र शेयर कारोबार गर्न पाइन्थ्यो ।
नेप्सेले गरेको नयाँ व्यवस्थापछि यो समस्या समाधान हुने र लगानीकर्ता थप लाभान्वित हुने नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline