पर्यटन प्रवद्र्धनका लागि घलेगाउँबाट पाठ सिक्नुपर्छ :राष्ट्रपति भण्डारी

पर्यटन प्रवद्र्धनका लागि घलेगाउँबाट पाठ सिक्नुपर्छ :राष्ट्रपति भण्डारी

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

लमजुङ २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन प्रवद्र्धनका लागि मुलुकले घलेगाउँबाट पाठ सिक्नुपर्ने बताउनुभएको छ । आज लमजुङको घलेगाउँमा निर्माण भएको पर्यटकीय सङ्ग्रहालय उद्घाटनका क्रममा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।

“घलेगाउँ रैथाने पर्यटनको राजधानीका रुपमा चिनिएको छ ।” राष्ट्रपति भण्डारीले भन्नुभयो – “यहाँका भेडीगोठ, प्राकृतिक सम्पदा र संस्कृति, राडीपाखीलगायतका स्थानीय उत्पादनले पर्यटकको मन जितेको छ ।”

उहाँले दिगो कृषि प्रणालीमा ध्यान पु¥याई स्थानीयवासीको जीवनस्तर उकास्न सम्बन्धित पक्षले उचित ध्यान दिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले प्रसिद्ध अन्नपूर्ण पदमार्गका साथै यहाँका अन्य जलविद्युत्, जडीबुटी र कृषिका सम्भावनालाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

नेपालको अर्थतन्त्रको आधारका रुपमा रहेका जलस्रोत, कृषि, पर्यटनका लागि सिङ्गो लमजुङ महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । सम्पदाको उचित प्रयोग गरी नेपालका युवाशक्तिलाई आफ्नै गाउँमा परिचालन गर्दै देश विकासको मूलबाटोमा अघि बढाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले गुरुङहरुको आदिम थलो लमजुङको घलेगाउँ सार्क राष्ट्रकै नमुना गाउँका रुपमा घोषणा हुनु गर्वको विषय भन्दै यहाँका उत्पादनलाई आधुनिकीकरण गरी व्यावसायिक र बजारीकरण गर्न सम्बन्धित पक्षलाई ध्यान दिन आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ