टेरियालाई शान्तिदूत बनाउने प्रस्ताव मन्त्रिपरिषदमा राख्छु : रक्षामन्त्री

टेरियालाई शान्तिदूत बनाउने प्रस्ताव मन्त्रिपरिषदमा राख्छु : रक्षामन्त्री

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं २२ माघ
रक्षामन्त्री वालकृष्ण खाँडले टेरिया मगरलाई शान्ति दूत र राष्ट्रिय प्रतिभा घोषणा गर्नको लागि मन्त्रिपरिषदमा कुरा राख्ने बताउनु भएको छ ।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उहाले टेरियाले नेपाल र नेपालीको शिर उच्च बनाउने काम गरेकाले शान्ति दूत र राष्ट्रिय प्रतिभा घोषणा गर्न पहल गर्ने बताउनु भएको हो ।

रुपन्देहीकी टेरिया भारतीय टेलीभिजनले संचालन गरेका दुइओटा ठूला अन्र्तराष्ट्रिय नृत्य रियालीटी सो कि बिजेता हुन् ।

टेरिया फाउण्डेसनकी संरक्षक तथा भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’को बिजेता टेरिया फौजा मगरले आफ्नो क्षमताले मात्रै बिजेता नबनेको बताएकी छिन्।

आफू जहाँ भएपनि नेपालको काम गर्ने उनले बताइन् । ‘म नेपालमा बसेर केही काम गरे भने टेरिया नामले मात्रै चिनिन्छु, यदि म बाहिर बसेर सानो प्रगति गरें भने पनि नेपालकी टेरियाले यस्तो गरिन् भनेर आउँछ, त्यसैले म जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु।’ उनले भनिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ