हुम्ला २२ माघ ।
किनिएको औषधी सदरमुकाममै थन्किएपछि हुम्लाका स्वाथ्यचौकिहरुमा औषधिको चरम अभाव देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले खरिद गरेको औषधी पुष महिनामा नै सदरमुकाम सिमिकोट आईपुगे पनि ढुवानी रकम अभाव हुदा औषधी स्वास्थ्य चौकिहरुसम्म पुग्न नसकेको हो ।
औषधी खरिद गरेर गाउँमा पठाउनलाई प्याक गरि सकिएपनि ढुवानी गर्ने रकम नहँुदा स्वाथ्यचौकीहरुमा औषधी पु¥याउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित कार्यलय प्रमुख गगन बहादुर शाहीेले बताउनुभयो ।
स्वास्थ्य कार्यलयबाट उपलब्ध हुने ढुवानी रकम कम हुने भएकाले औषधि ढुवानी गर्न समस्या परेको उहाले बताउनु भयो । सरकारी दररेट अनुसारको भरिया नपाउँदा केही स्वास्थ्य चौकीले औषधी ढुवानी गर्न नसकेको उहाले बताउनु भयो ।
सदरमुकाम सिमकोटदेखि निकै टाढा रहेका केही गाविसमा जान–आउन हप्तौ दिन लाग्ने भएकोले पनि गाउँमा समयमा औषधि जान नसकेको हो । हुम्लाका गाविसहरुमा सामान ढुवानी गर्दा सामान्यत प्रति केजीको १ सय रुपैयाँ सम्म लाग्ने गर्दछ ।