गायक एवम् संगीतकार योगेश बैद्य सम्मानित

गायक एवम् संगीतकार योगेश बैद्य सम्मानित

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

भक्तपुर, २२ माघ । ओम ज्ञान मन्दिर सेकेण्डरी स्कुल लोकन्थलीले यस वर्षको ‘ओम ज्ञान मन्दिर सम्मान २०७३’ गायक एवम् संगीतकार योगेश बैद्यलाई प्रदान गरेको छ ।

भक्तपुरको लोकन्थलीमा रहेको स्कुलले २२ औ वाषिकोत्सव र अभिभावक दिवसको अवसर पारी शनिबार गायक एवम् संगीतकार बैद्यलाई नगद १० हजार एक रुपैयाँसहित सम्मान गरेको हो । विद्यालयका प्रिन्सिपल रामप्रसाद सुवेदीले बैद्यलाई ‘ओम ज्ञान मन्दिर सम्मान २०७३’ को सम्मान प्रदान गर्नुभएको हो ।

जिल्ला शिक्षा कार्यालयको मूल्यांकनमा जिल्लाकै दोस्रो र राष्ट्रिय स्तरमा १३ औ स्थानमा आउन सफल विद्यालयले हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर संगीतकार र साहित्यकारलाई सम्मान गर्दै आएको छ ।

विद्यालयकी शिक्षिका कुन्ती मोक्तानले गीत गाएर मनोरञ्जन प्रदान गरेकी थिइन् । कार्यक्रममा विद्यार्थीले विभिन्न साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी