टेलिकमले आज आफ्नो १३ औं वार्षिकोत्सव मनायो

टेलिकमले आज आफ्नो १३ औं वार्षिकोत्सव मनायो

टेलिकमको गुणस्तर सुधारमा सन्चारमन्त्रीको जोड

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौ २२ माघ ।  

देशकै ठूलो दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आज आफ्नो तेह्रौ वार्षिकोत्सव मनाइएको छ । स्थापनाको १३ वर्ष पुगेको अवसरमा टेलिकमले आज भद्रकालीस्थित केन्द्रीय कार्यलयमा विषेश समारोहको आयोजना गरिएकको थियो ।

समारोहको सुचना तथा सनचारमन्त्री एवम् सरकारका प्रवक्त सुरेन्द्रकुमार कार्कीले उद्घाटन गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारी स्वमित्वको एक मात्र दूरसन्चार कम्पनी नेपाल टेलिकमको गुणस्तर सुधारमा जोड दिनुभयो ।

ग्रहाकले बढी भन्दा बढी टेलिकमको डाटा तथा फोनसेवा प्रयायोग गरुन् भन्ने तर्फ टेलिकमले रणनिति बनाउन आवश्यक रहेको भन्दै मन्त्री कार्कीले अन्य टेलिकम्युनिकेसन एजेन्सीहरुसँग प्रतिस्पर्धा बनाउन सुझाव समेत दिनुभयो ।

यस्तै उहाँले मन्त्री टेलिकमको सेवालाई विकेन्द्रीकृत गर्दै दुर्गममा पनि इन्टरनेटको पहुच पुर्याउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यलाई सम्बोधन गर्दै टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले १३ वर्ष अघि स्थापना हुँदा टेलिकमको ग्राहक आधार करिब ४ लाख २द्द हजार रहेकोमा अहिले १ करोड ६२ लाख नाघिसकेको जानकारी गराउनु भयो ।

कम्पनीले ७५ जिल्लामा ताररहित प्रविधिमा आधारित मोबाइल तथा डाटा सेवा सन्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको भन्दै उहाँले कमजोर पक्षलाई सबल पक्षमा रुपान्तरण तथा चुनौतीहरुलाई अवसरमा रुपान्तरण गदैै आगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा २० वर्षदेखि निरन्तर सेवामा रहेका १ सय ३० जना कर्मचारीलाई दिर्गा सेवा पदकबाट सम्मान गरिएको थियो भने वर्षभरि उत्कृष्ट काम गरेका १० जना कर्मचारीलाई पनि सम्मानित भएका छन् ।

यसैबीच नेपाल टेलिकमले आज देखि जीएसएम प्रिपेड ग्राहकलाई पनि फोरजी सेवा दिएको छ । पोष्टपेडमा फोरजी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गए पछि टेलिकमले फोरजी सेवा उपलब्ध गराएको हो ।

काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई मात्र यो सेवा उपलब्ध हुनेछ । गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोरजी सेवा दिन सुरु गरेको थियो ।

काठमाडौंमा फोरजीका लागि ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको थियो ।

पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर जी नेटवर्क उपलब्ध छ । १८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्ड विथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ ।
यस्तै टेलिकमले कल रिङ ब्याक टोन (सिआरबिटी)सेवा पनि फेरि सुचारु गरेको छ । केही समय अघिदेखि बन्द रहेको सेवा वार्षिक उत्सवको अवसर पारेर आजै बाट सुचारु गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी