एजेन्सी माघ २२ । विश्वमा असाधारण विकास गर्दै गएको चीनले विश्वमा पत्ता लाग्न नसकेको भूकम्पको एकीन समयको पूर्व सूचना दिने लक्ष्यका साथ स्याटेलाईट लञ्च गर्ने भएको छ । ईलेक्ट्रो म्याग्नेटिक स्याटेलाईट आगामी मे महिनामा लञ्च गर्ने चीनीया अधिकारीहरुले जनाएका छन् । यस स्याटेलाईटले भूकम्पको समयको वास्तविक समयको मोनिटरीङ गर्ने छ ।
भूकम्पको मोनिटरीङ गर्ने चीनको यो पहिलो प्रयास भएको पनि बताईएको छ । यस मिसनका उपप्रमुख सेन सुईले यो स्याटेलाईट आगामी पाच वर्ष सम्म अन्तरीक्षमा राख्ने गरी डिजाईन गरिएको र यसले कम्तीमा ६ रेक्टर भन्दा माथिको भूकम्पको जानकारी भूकम्प आउनु भन्दा पहिले नै दिने छ ।
सेनसुईले यसै प्रणालीको आधारमा भूकम्पको पूर्व सूचना दिने प्रविधिको विकास वैज्ञानिकहरुले गर्न थाल्ने बताए ।
यदी यो स्याटेलाईट परीक्षण सफल भए र भूकम्पको पूर्व सूचना पाउने अवस्था पैदा भए संसारभर भूकम्पका कारण हुने धनजनको क्षतिमा कमी आउने छ ।