काठमाडौं, माघ २२ ।
भक्तपुरको घलातेमा आज बिहान ट्रिपरले ठक्कर दिँदा ८४ वर्षमा मुक्ति सुवालको मृत्यु भएको छ ।
ट्रिपरको ठक्करबाट घाइते भएका सुवालको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रिपर फरार रहेकाले खोजी भइरहेकोे प्रहरीले जनाएको छ ।
यस्तै, ललितपुर धोविघाटको ठाडो ढुंगामा बसले ठक्कर दिँदा ६५ बर्षका बलबहादुर तोलाङ्गेको मृत्यु भएको छ । भने अर्का एक जना घाईते छन् ।
बसको ठक्करबाट घाइते भएका ५० वर्षका राजेश्वर मगरको उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline