स्ववियु निर्वाचन पूर्ण समानुपातिह हुनु पर्ने १० विद्यार्थी संगठनको माग

स्ववियु निर्वाचन पूर्ण समानुपातिह हुनु पर्ने १० विद्यार्थी संगठनको माग

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ  २१ माघ । स्वविय निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न माग गर्दै विभिन्न १० विद्यार्थी संगठनहरुले माग गरेका छन् । शुक्रबार विद्यार्थी संगठनहरुले मिश्रित निर्वाचन प्रणालीले सही अर्थमा समानुपातिक निर्वाचन प्रणालीको लागु गर्नुपर्ने, सिनेटलगायत बैठकहरुमा क्रियाशील सबै संगठनहरुलाई सहभागी गराउनु पर्ने, चुनावको कार्यतालिकाको पूर्वसन्ध्यामा भर्ना गरिएका भर्ना खारेज गरिनु पर्ने ध्यानाकर्षणपत्रमा माग गरिएको छ ।
उक्त पत्रमा नयाँ शक्ति विद्यार्थी यूनियनका संयोजक रमेशकुमार महतो, समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राई, अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंह, संघीय विद्यार्थी युनियनका सह–संयोजक मृगेन इङनाम, अखिल क्रान्तिकारीका संयोजक सेबन्तराज भण्डारी, नेपाल विद्यार्थी मञ्चका अध्यक्ष लालबाबु शाह, तराई मधेस विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रा, समाजवादी विद्यार्थी संघका उपाध्यक्ष रामविर यादव, विद्यार्थी मञ्चका कोषाध्यक्ष सुजन यादव र नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्टका अध्यक्ष जे.पि. यादवले हस्ताक्षर गरेका छन् ।
उनीहरुले फागुन १४ गतेलाई घोषणा गरिएको स्ववियु निर्वाचन, उमेर हदलाई आफूहरुले स्वागत गरेको भन्दै निर्वाचन प्रक्रियामा देखिएका त्रृटि सच्याएर सौहार्दतापूर्वक निर्वाचनमा सहभागी हुने वातावरण मिलाउन विश्वविद्यालयलाई आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी