सिन्धुलीमा एक किशोरीको सामुहिक बलात्कार गरी हत्या

सिन्धुलीमा एक किशोरीको सामुहिक बलात्कार गरी हत्या

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

सिन्धुली माघ २१ । सिन्धुलीको रानीवास गाविस २ डाँडाटोलकी १७ वर्षीया एक किशोरीको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको छ । जिरे माझीकी १७ वर्षीया छोरी विपनालाई बुधबार राति स्थानीय युवाले सामूहिक बलात्कार गरी हत्या गरेका थिए ।
प्रभात उमावि रानीवासको कक्षा १० मा अध्ययनरत किशोरीलाई सोही ठाउँका निरोज माझीले फोन गरी घरबाहिर बोलाएर लगी खेतमा सामूहिक बलत्कार गरी हत्या गरेको मृतकका बुबा जिरे माझीले बताए ।
बलात्कार पछि विपनालाई बेहोस अवस्थामा उनी सुत्ने कोठामै ल्याएर राखेर अभियुक्तहरु भागेका थिए ।
राति १ बजे कोठाको ढोकामा आवाज आयो त्यसपछि सुकमाया (मृतककी आमा) उठेर छोरी सुत्ने कोठामा हेर्न जाँदा ढोका खुला भएको र छोरी अचेत अवस्थामा भेटिएपछि घर तथा छरछिमेकले थाहा पाएका हुन्’, जिरेले भने। स्थानीयले एम्बुलेन्समा विपनालाई जनकपुरको जानकी मेडिकल कलेज र्पुयाउँदा बाटोमै मृत्यु भएको थियो ।
हत्याको आरोप लागेका निरोज माझीले विपनालाई प्रेम गर्ने गरेको स्थानीयको भनाइ छ। तर विपनाले निरोजलाई नस्वीकारेकै कारण केटाहरूको साथ लिएर बलात्कार गरी हत्या गरेको शंका भएको स्थानीय तथा प्रभात उमाविका शिक्षक पुजन बख्रेलले जनाए ।
प्रहरीले सामूहिक बलात्कारपछि हत्यामा सामेल भएको आशंकामा बिहीबार बिहानै स्थानीय चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निरोज माझी, अजय परियार, पवन विक र रामजी खत्री छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय भिमानले पक्राउ गरेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहोराले जनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ