काठमाडौ २१ माघ ।
इटहरीको पचरुखीस्थित मनि ट्रान्सफरबाट आज दिउँसो तीन लाख २० हजार रुपैयाँ लुटपाट भएको छ । पैसा लिने बहानामा आएका दुई जनाले मनि ट्रान्सफरमा कार्यरत कर्मचारीलाई धम्क्याएर रकम लुटेर भागेको प्रहरीले जनाएको छ ।
इटहरीका गणेश कार्कीले ग्लोबल आइएमई बैंकबाट लगेको एक लाख २० हजार रुपैयाँ र मनि ट्रान्सफरमा रहेको अन्य रकम लुटेर भागेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक नरेशराज सुबेदीले जानकारी दिनु भयो ।
लुटपाट गर्न आएकामध्ये एक जना ढोकामा बसेको र अर्का एक व्यक्ती भित्र पसेर रकम लिएर आएपछि बुलेट मोटरसाइकल चढेर भागेको मनि ट्रान्सपरका कर्मचारीहरुले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline