मन्त्री लेखक र चिनियाँ राजदूत होङबीच भेटवार्ता

मन्त्री लेखक र चिनियाँ राजदूत होङबीच भेटवार्ता

चीनको सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २१ माघ ।  

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच आज भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा सम्झौता भई काम भइरहेको चक्रपथ विस्तार आयोजना र अरनिको राजमार्गको काम समयमै सक्ने लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

सो क्रममा राजदुत होङले चीनको सहयोगमा सञ्चालित आयोजनाका काम तोकिएको समयमा सम्पन्न हुनुपर्नेमा जोड दिनु भएको थियो । सो अवसरमा दुवैतर्फबाट आएका समस्या समाधानमा जोड दिइएको मन्त्रालयका सचिव धनबहादुर तामाङले जानकारी दिनुभयो ।

यस्तै अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको मर्मत सम्भार छिटो सम्पन्न गरी कोदारी नाका खुलाउने सम्बन्धमा पनि उहाँहरुबीच छलफल भएको थियो । चीन सरकारको सहयोगमा सञ्चालित चक्रपथ विस्तार आयोजना गत वर्षको भूकम्प र भारतको नाकाबन्दीले ढिला भएको थियो ।

भूकम्पपछि क्षति पुगेको अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्ड चिनियाँ सरकारकै सहयोगमा मर्मत सम्भार भइरहेको छ । हाल सो मार्ग सञ्चालनमा आउन सकेको छैन ।

यस्तै राजदूत होङले मन्त्री लेखकलाई आगामी मे महिनामा चीनमा हुने पूर्वाधार सम्बन्धी सम्मेलनमा भाग लिन निमन्त्रणा समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ