सिके राउतका पक्षमा नाराबाजी गर्ने २० जना लाहानबाट पक्राउ

सिके राउतका पक्षमा नाराबाजी गर्ने २० जना लाहानबाट पक्राउ

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

लाहान माघ २१ । देश टुक्राउने अभिव्यक्ति दिएका सिके राउतलाई पक्राउ गरे पछि राउतको पक्षमा नाराबाजी गर्ने प्रदर्शनकारी मध्य २० जना लाई प्रहरीले पक्राउ गरेको छ ।
सिके राउत विरुद्ध १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने जिल्ला अदालत सिराहाले आदेश दिए पछि उनको पक्षमा नाराबाजी गर्ने अलग मधेश गठबन्धनका २० कार्यकर्ता पक्राउ परेका हुन् ।
अहिले सिराहाको विभिन्न ठाँउमा बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रदर्शनकारीले गृहमन्त्री विमलेन्द्र निधिको पुत्ला पनि दहन गरेका थिए ।
त्यस्तै विराटनगर, जनकपुर र राजविराजमा पनि सिके राउतको पक्षमा नारावाजी भएको र प्रहरीले केहीलाई पक्राउ गरेको खबर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ