काठमाडौ २१ माघ ।
भन्सार छलेर अवैध रुपमा लैजान लागेको सुनसहित प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । तेह्रथुम श्रीजंग ५ का ३३ वर्षीय यादव प्रसाद दाहाललाई अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलको पार्किङ एरियामा विदेशबाट आएका यादवको साथबाट करिब ९९ ग्राम बराबरको सुनको बेरुवा औंठीहरु ४ थान भण्सार छली लगिरहेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद सुनको मुल्य करिब ४ लाख ६७ हजार ६ सय ७६ बराबर रहेको विमानस्थल प्रहरीले जनाएको छ । पक्राउ परेका दाहाललाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार गौचर काठमाडौंमा बुझाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline