कर्णाली विकासको १० वर्षे गुरुयोजनाको खाका प्रस्तुत,ठोस योजना ल्याउन प्रमको निर्देशन

कर्णाली विकासको १० वर्षे गुरुयोजनाको खाका प्रस्तुत,ठोस योजना ल्याउन प्रमको निर्देशन

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

माघ २१, काठमाडौं । कर्णाली विकास आयोगका पदाधिकारीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी कर्णाली विकासको १० वर्षे गुरुयोजनाको खाका प्रस्तुत गरेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष डा। चन्द्रकान्त पौडेल नेतृत्वको पदाधिकारी टिमले प्रधानमन्त्रीसँग भेट गरि  कर्णाली विकासको १० वर्षे गुरुयोजनाबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

आयोगका अध्यक्ष पौडेलले यातायात, खाद्य संकट, शिक्षाको पहुँच, जडीबुटीको सदुपयोग र व्यवस्थापन, पर्यटन प्रवद्र्धन र कृषिमा लगानीजस्ता सवालहरु कर्णाली विकासका प्रमूख चुनौतिको रुपमा रहेको बताउँदै आयोगले बनाएको गुरुयोजना कार्यान्वयन भए कर्णालीको गरिब १० वर्षमा २१ प्रतिशतमा झार्न सकिने प्रक्षेपण गरिएको बताउनु भयो ।
कर्णाली आयोगको गुरुयोजना बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णालीको विकासबारे गम्भीर भएर गुरुयोजना तयार गरेको भन्दै प्रधानमन्त्रीले आभार प्रकट गर्नुभयो । प्रधानमन्त्रीले आयोगको गुरुयोजना अध्ययन गरेर मन्त्रीपरिषद बैठकमा यसबारे थप छलफल गर्ने र प्रस्तावित योजना कार्यान्वयनका लागि मन्त्रालयलाई प्राथमिकतामा राखेर योजना कार्यान्यवन गराउने जानकारी दिनुभयो ।

दाहालले विकास निर्माणबाट पछाडि परेको कर्णाली क्षेत्रको विकासका लागि ठोस कार्ययोजनासहित प्रस्तुत हुन कर्णाली विकास आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । परम्परागत तबरले मात्रै कर्णाली क्षेत्रको विकास निर्माण प्रक्रियाले गति लिन नसक्ने, मानव विकास प्रक्रियासमेत प्रभावकारी रुपमा अगाडि बढ्न नसक्ने तथा राष्ट्रिय आवश्यकता पूरा नहुने भएकाले कार्ययोजना, लागतसहितको योजना ल्याउन निर्देशन दिनुभयो ।

उहाँले कर्णाली क्षेत्रको जडिबुटी, कृषि, पर्यटन, ऊर्जा क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मात्रै मुलुकको आर्थिक समृद्धिको मार्गप्रशस्त गर्न सकिने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “विगतका जस्ता कागजी योजनाले मात्रै कर्णाली क्षेत्रको विकास हुनसक्दैन । कार्ययोजना बनाउँदा कार्यान्वयनको अवधि एवम् बजेटको बारेमासमेत प्रष्ट व्यवस्था हुने गरी योजना प्रस्तुत गर्नुस् । कर्णालीलाई हेर्ने मानसिकतामा परिवर्तनको जरुरी छ ।”

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी