दाङमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

दाङमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

दाङ, माघ २१।
गएराति दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन् ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प ६७४४ नम्बरको मोटरसाइकल र घोराहीतर्फ आउँदै गरेको रा ३ प ४८०१ नम्बरको मोटरसाइकल नारायणपुरमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेमा रा ३ प ४८०१ नम्बरको मोटर साइकलको पछाडि सवार त्रिपुर नगरपालिका— ६ हापुर रमनाका १८ वर्षीय मनोज सुनारको रहेका छन् ।

उनीसँगै सवार दुईजना हापुरकै १८ वर्षे कमल बुढाथोकी र १९ वर्षे जुनकुमार बुढा मगर गम्भीर घाइते भएका छन् ।
त्यस्तै तुलसीपुरतर्फ जाँदै गरेको मोटर साइकलमा सवार कोइलाबास–१ का ४३ वर्षीय रमेशकुमार गुरुङ र १२ वर्षीय सुस्मिता गुरुङ सामान्य घाइते भएका छन् ।

घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ