एमालेलाई पछार्न काँग्रेस माओवादी गठबन्धनको मनोवैज्ञानिक चर्चा : एक टिप्पणी

एमालेलाई पछार्न काँग्रेस माओवादी गठबन्धनको मनोवैज्ञानिक चर्चा : एक टिप्पणी

  • शुक्रबार, माघ २१, २०७३
  • सन्दीप शर्मा

  • 5.7K
    SHARES

अहिले सत्तारुढ माओवादी र काग्रेस आसन्न स्थानीय चुनावमा गठबन्धन गर्न सक्छन ? यो निकै कठिन कुरा होला शायद तर अहिले माओवादी केन्द्र र काग्रेस भित्रकै कतिपय नेताहरुमा त्यस्तो गर्नु पर्ने मनोविज्ञान पैदा भएको छ ।
यसको कारण भनेको आसन्न स्थानीय निकायको चुनावमा एमाले हावी हुन सक्ने त्रास उनीहरुमा देखिन्छ । भलै कागे्रस सभापति शेर बहादुर देउवाले आफ्नो पार्टी नै ठूलो हुने बताईरहेका छन् ।
माओवादी केन्द्र आफैमा यो निर्वाचनमा तेस्रो पोजिसन भन्दा माथि जान सकिदैन भन्ने आन्तरीक विष्लेषणमा रहेको देखिन्छ । पार्टी विभाजन सत्तामा गए पछिको अलोकप्रियता आदि यसका कारणहरु हुन् ।
काँग्रेस पनि आसन्न स्थानीय निकाय या अरु कुनै चुनावमा पहिलो शक्ति नवनोस् भन्ने चाहनामा छ । काग्रेसका एक नेताले एमाले ढुलमुले शक्ति रहेको र अहिलेको संक्रमण अन्त्यमा गैर जिम्मेवार भूमिका खेलिरहेको भन्दै उ ठूलो पार्टी हुन नसक्ने जिकिर गरे ।
तर एमालेका नेताहरुले अहिले काग्रेस माओवादी गठबन्धनले ल्याएको सविधान शंसोधन विधेयक राष्ट्रघाती भएको भन्दै विरोधमा छ ।
साथै तत्कालै निर्वाचन घोषणा गर्न माग गरीरहेको एमाले नेताहरुको मनोविज्ञान आसन्न स्थानीय निर्वाचनमा पार्टी पहिलो पोजिसनमा पुग्ने रहेको छ ।
पछिल्लो समय बाबुराम भट्टराईले खोलेको नया शक्ति पनि निर्वाचनमा गतिलो पोजिसन आउन नसक्ने भएकाले उपेन्द्र यादव सहित मधेशका अन्य दलसगँ कार्यगत सहकार्य गरेर पोजिसन बढाउने दाउमा छ ।
विप्लव र वैद्य माओवादीले निर्वाचन बहिष्कार गर्ने संभावना एकातिर छ भने मधेशी मोर्चाले ७० सालमा व्यहोरोको ठूलो हार टार्न अनेकौ मागहरु तेस्र्याएर परिस्थिति आफू अनुकुल बनाउन प्रयास गरेको बुझाई बन्न थालेको छ ।
तर के अनुमान गर्न सकिन्छ भने काग्रेस माओवादी गठबन्धन सजिलो विषय हैन , तर यदी ईमान्दारीपूर्वक गरे भने त्यसको फाईदा दुवै शक्तिले उठाउन सक्छन् ।
यदी गठबन्धन भयो नै भने पनि त्यो पवित्र र निकास दिने खालको हुनेमा विस्वस्त हुन सकिदैन । दलहरुलाई चुनाव जितिन्छ कि जितिदैन भन्ने मनोवैज्ञानिक आतककै कारण चुनाव हुन नसकेको त हैन ? यसलाई मनन गर्नु पर्छ जसले जीते पनि या हारे पनि स्थानीय निकाय लामो समयदेखि रिक्त रहदा ठूलो असर परीरहेकाले स्थानीय चुनाव जसरी पनि गर्नु पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी