उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने गृहकार्य सुरु

उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने गृहकार्य सुरु

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ २१ माघ ।  

काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ । पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोटमा स्याटलाइट निर्माण गर्ने तयारी छ ।

यस्तै दोस्रो चरणमा ललितपुरको भैँसेपाटी, बुङ्मती, छम्पी तथा तेस्रो चरणमा काठमाडौँको साँखु र काभ्रेस्थलीमा स्याटलाइट सिटी निर्माण गरिने भएको छ ।

ती स्थानमा स्याटलाइट सिटी निर्माणका लागि सरकारले सम्भाव्यता अध्ययन गरिसकेको र अब विस्तृत अध्ययन प्रतिवेदन डीपीआरको काम अगाडि बढाइने काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

अबको १५ वर्षमा उपत्यकाका केही स्थानमा आधुनिक सहर निर्माण गरिसक्ने गरी सरकारले स्याटलाइट सिटी निर्माण गर्ने गृहकार्य सुरु गरेको प्राधिकरणका योजनाविद् भागवतभक्त खोकालीले जानकारी दिनुभयो ।

अव्यवस्थित र साँघुरो बन्दै गएको शहरलाई व्यवस्थित बनाउने उदेश्यले उपत्यकाको निश्चित स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने तयारी भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ