इच्छा मृत्युको कानुनी अधिकारबारे एमिकस क्युरीले बहस गर्ने

इच्छा मृत्युको कानुनी अधिकारबारे एमिकस क्युरीले बहस गर्ने

  • बिहिबार, माघ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ २० माघ । 
सर्वोच्च अदालतले इच्छा मृत्युको कानुनी अधिकारका विषयमा छलफल गर्न ‘एमिकस क्युरी’ बोलाउने निर्णय गरेको छ ।

इच्छा मृत्यु गम्भीर विषय भएको भन्दै न्यायाधीशद्धय गोपाल पराजुली र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले परामर्शका लागि एमिकस क्युरी बोलाउने निर्णय गरेको हो ।

बाँच्न पाउने अधिकार जस्तै मृत्युवरण गर्न पाउने अधिकारको कानुनी रुपमा व्यवस्था गर्नुपर्ने आदेशको माग गर्दै अधिवक्ता उत्तमप्रसाद रिमालले झण्डै दुई वर्षअघि रिट निवेदन दायर गर्नुभएको थियो ।

सर्बोच्चले छलफलका लागि सर्वोच्च अदालत बार एसोसिएसनबाट तीन जना तथा नेपाल बार एसोसिएनबाट तीन जना वरिष्ठ अधिवक्ता वा अधिवक्ता उपलब्ध गराउन बारलाई आग्रह गरेको छ ।

रिट निवेदनमा लामो समयसम्म कोमामा रहेका बिरामी, अशक्त र उपचार गरेर ठीक नहुने बिरामीलाई स्वेच्छाले मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था हुनुपर्ने माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ