“हरेक वर्ष उच्च शिक्षाका लागि हजारौं युवा विदेशिनुले हाम्रो शिक्षा नीतिमा कहीँ न कहीँ समस्या छ ”

“हरेक वर्ष उच्च शिक्षाका लागि हजारौं युवा विदेशिनुले हाम्रो शिक्षा नीतिमा कहीँ न कहीँ समस्या छ ”

  • बिहिबार, माघ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

काठमाडौ २० माघ । 
उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रको सुधारका लागि लगानी बढाउनुपर्ने बताउनु भएको छ । परिवर्तित समयअनुुसार पाठ्यक्रममा पनि परिमार्जन गर्दै आधुनिक शिक्षा प्रणाली अवलम्बन गनुपनेमा उहाँको जोड थियो ।

साउथ वेस्टर्न स्टेट कलेजले आज राजधानीमा आयोजना गरेको ‘सातौँ साउथ वेस्टर्न विज्ञान, प्रविधि तथा व्यवस्थापन प्रदर्शनी’ को उद्घाटन गर्दै उहाँले हरेक वर्ष उच्च शिक्षाका लागि हजारौं नेपाली युवा विदेशिनुले पनि हाम्रो शिक्षा नीतिमा कहीँ न कहीँ कमजोरी रहेको दखाएको बताउनु भयो ।

हाम्रो शिक्षा नीति र हामीले विद्यार्थीलाई दिइने शिक्षामा नै भोलिको नेपालको खाका तयार हुने भएकाले समयानुसारको प्राविधिक र व्यावसायिक शिक्षामा हामीले जोड दिनुपर्ने उपराष्ट्रपति पुनको भनाई छ ।

अझै पनि विभिन्न जिल्लाका बालबालिका आधारभूत शिक्षाबाट समेत वञ्चित रहेको भन्दै उहाँले यसतर्फ सबैले समयमै गम्भीर भएर सोच्नुपर्ने धारणा राख्नुभयो ।

कलेजले हरेक वर्ष देशभरका ४० भन्दा बढी कलेजका विद्यार्थीले बनाएका विज्ञान, प्रविधि र व्यवस्थापनका सामग्रीको प्रदर्शनी गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी