काठमाडौ २० माघ ।
पृथ्वी राजमार्ग अन्र्तगत तनहुँमा आज बिहान बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १ ख ३२८८ नम्बरको बस व्यास नगरपालिका र जामुने गाविसको सिमानामा रहेको बोटानिक होटल नजिकै दुघर्टना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।
शव दमौली अस्पतालमा राखिएको छ । दुर्घटनामा घाइते भएकाको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline