आज विश्व सिमसार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै

आज विश्व सिमसार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै

  • बिहिबार, माघ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडौं, माघ २०।
आज विश्व सिमसार दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । दिवसको यस वर्षको नारा प्रकोप न्यूनीकरणमा सिमसार संरक्षण गरौं भन्ने तय गरिएको छ ।

सिमसारको संरक्षण र यसको महत्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले सन् १९७१ को फेब्रुअरी २ तारिाखका दिन रामसार महासन्धी स्थापना गरिएको थियो । अहिले यो महासन्धीमा ६०० वढी देशहरु सामेल भएका छन् ।

औपचारीक रुपमा नेपाल सन् १९८७ मा यस महासन्धीको सदस्य भएको हो भने सन् १९९१ देखि नेपालले यो दिवस मनाउन थालेको हो । दिवसका अवसरमा आज विभिन्न सम्बन्धित सरोकारवाला निकायहरुले विविध कार्यक्रमको आयोजना समेत गरेका छन् ।

विश्वको पर्यायवरणमा सिमसारको भुमिका अत्यन्त महत्वपूर्ण रहेको छ । सिमसार भन्नाले धाप वा दलदल, घोल, तालतलैया, पोखरी, दहकुण्ड, नदीनाला, बाढी क्षेत्र जलाशय सिञ्चित धानखेत, जलक्षेत्रका घाँसे मैदान वा जंगललाई बुझाउँछ ।

नेपालमा रहेका ५ हजार ३ सय ५८ वटा ताललाई सिमसारका रुपमा राखेर संरक्षण गर्ने अभियान समेत सञ्चालन गरिएको छ । नेपालमा २ हजार ३ सय २३ हिमताल, ५ हजार जलाधार, १ हजार ३ सय ८० पोखरी र ५ हजार १ सय ८३ जटा तलैया रहेका छन् ।

ठूल्ठूला प्रकोपबाट बचाउन सिमसार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सिमसार भित्र जल परिचालन र शुद्धीकरण निरन्तर चलिरहने भएकाले पनि यसलाई प्रकृतिको मिर्गाैलाका रुपमा समेत लिने गरिएको छ ।

पछिल्लो समयमा मानिसहरु सहज आवासको खोजी गर्दै भु अतिक्रमण बढ्दै गएकाले पनि सिमसार क्षेत्रको जोखिम बढ्दो रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ