गाविस सचिव आन्दोलित ,कार्यालयको छाप जिविसलाई जिम्मा

गाविस सचिव आन्दोलित ,कार्यालयको छाप जिविसलाई जिम्मा

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

ताप्लेजुङ, १९ माघ । ताप्लेजुङका गाविस सचिवले आफुहरुलाई सरकारले भेदभाव गरेको र अवसरमाथि बन्देज लगाएको भन्दै कामकाज ठप्प पारेका छन् ।

गाविस सचिव हकहित संरक्षण केन्द्रको अगुवाइमा आज दिउँसो गाविसको छाप जिविसमा बुझाई सर्वसाधारणको काम ठप्प पारेका हुन् ।

जनप्रतिनिधि नभएको अवस्थामा गाविसको सम्पूर्ण काम गर्ने सचिव नै आन्दोलनमा उत्रिएपछि गाउँबाट धाएर सदरमुकाम आएका सर्वसाधारण मर्कामा परेका छन् ।

केन्द्रका जिल्ला अध्यक्ष निर्मल शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले सङ्घीय, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने कानुन निर्माण गर्दा आफूहरुलाई सहभागी नगराएको आरोपसमेत ती सचिवले लगाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ