काठमाडौं ,माघ १९ ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले बृद्धि गरेको छ । नयाँ मूल्य अनुसार प्रति सिलिन्डर ग्यासको मूल्य १ हजार ३ सय ५० रुपैयाँ पर्ने छ ।
भारतीय आयल निगमले मुल्य बढाएकाले आज मध्यरातदेखि लागू हुनेगरी प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको निगमका वितरण विभागका निर्देशक सिताराम पोख्रेलले जानकारी दिनुभयो ।
आजदेखि २५ रुपैयाँ वृद्धि गरे पनि ग्यासमा निगमलाई प्रतिसिलिन्डर १ सय ६३ रुपैयाँ घाटा रहेको पोखरेलले बताउभयो । भारतमा ग्याससँगै पेट्रोल र डिजेलको मूल्य बृद्धि भएपनि नेपालमा तत्काल त्यसको असर नपर्ने उहाँको भनाई छ ।
हाल प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा र हवाई इन्धन आन्तरिकतर्फ ८६ रुपैयाँ पर्छ । नयाँ मूल्य अनुसार निगमको पाक्षिक घाटा २३ करोड ९३ लाख रुपैयाँ रहेको निगमले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline