आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्ले कू गरी शासन हत्याएको दिन

आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्ले कू गरी शासन हत्याएको दिन

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमान्डौ माघ १९ ।
आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्र शाहले कू गरी देशको शासन व्यवस्था हत्याएको दिन । आजको दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा समेत लिने गरिन्छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले दोस्रो पटक बर्खास्त गरी मुलुकको सम्पूर्ण सत्ता हातमा लिने घोषणा गर्नु भएको थियो ।

प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील बनाउने र तीन वर्ष्भित्र चुनाव गराएर जनप्रतिनिधिलाई शासन सत्तामा फर्काउने भन्दै ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्युत गर्नु भएको थियो ।

सत्ता हत्याए पश्चात मुलुकमा राजनीतिक अधिकार, मानव अधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित भएको थियो । शीर्ष नेता तथा कार्यकर्तालाई नजरबन्दमा राखिनुका साथै सञ्चारगृहलाई सैन्य नियन्त्रणमा लिएर सेन्सर सिप लागू गरिएको थियो ।

टेलिभिजन र एफएममा समाचार पढ्न समेत रोक लगाइएको थियो भने ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क समेत विच्छेद गरिएको थियो । राजाको सो कदम नै राजतन्त्र अन्त्यको प्रमुख कारण मानिएको छ ।

राजाको सो कदमपछि क्रमश सात दल र तत्कालिन माओवादी नजिकिए पछि चर्किएको प्रमुख दलको आन्दोलनले राजा सम्झौता गर्न बाध्य भएका थिए । संसद पुनस्थापना र संविधानसभा निर्वाचन हुदै गणतन्त्र स्थापना भएको थियो ।

माघ १९ यता यो १२ बर्षको अवधिका देशमा ठूल्ठूला राजनितिक परिवर्तन भएका छन् । जनता आफैले संविधान सभाबाट आफ्नोे लागि संविधान जारी गर्न सफल भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ