काठमान्डौ माघ १९।
पूर्व पश्चिम राजमार्ग अन्तर्गतको सिरहाको चोहर्वामा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुर छबिसेका २० वर्षीय रोशन सुवेदी रहेको प्रहरीले जनाएको छ । उनको विराटनगरस्थित न्यूूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
निश्चल थापा, सानु थापा, प्रभा थापा, सुभाष थापा लगायतको अवस्था गम्भीर रहेको र उनीहरुको विराटनगरस्थित न्यूूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
उदयपुर कटारीबाट जन्ती लिएर विराटनगरका लागि छुटेको ना ४ ख ७४३३ नम्बरको बसलाई ना ४ ख १७८६ नम्बरको ट्रकले ठक्करव दिदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनापछि केही समय बाटो अवरुद्ध भएको थियो । बाक्लो हुुस्सु र तीब्र गतिको कारण दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।