सार्क कार्यक्रम समितिको ५३ औँ बैठक आज राजधानीमा हुँदै

सार्क कार्यक्रम समितिको ५३ औँ बैठक आज राजधानीमा हुँदै

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं, माघ १९।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ५३ औं बैठक आज राजधानीमा हुदै छ । सार्क अध्यक्ष देशको हैसियतले नेपालले उक्त समितिको बैठक आयोजना गर्न लागेको हो ।
गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सन्चालनका साथै आगामी वर्षको बजेट लगायत विषयमा बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा आठ ओटै सदस्य मुलुकका परराष्ट्रर विदेश र बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय संगठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिने बताइएको छ ।
पाकिस्तानमा आयोजना हुने सार्क शिखर सम्मेलन स्थगन भएकाले अध्यक्षता हस्तान्तरण नहुँदा नेपालले उक्त बैठक आयोजना गर्नु परेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ