सर्बोच्चका दुई न्यायाधीशद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

सर्बोच्चका दुई न्यायाधीशद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

  • मङ्लबार, माघ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ १८ माघ । 

सर्वोच्च अदालतमा सिफारिस भएका दुई न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले दुई न्यायाधीशलाई शपथ ग्रहण गराउनु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित समारोहमा उपराष्ट्रपति, सर्वोच्च अदालतका न्यायाधीशहरु, संवैधानिक अंगका प्रमुखहरु र नेपाल सरकारका मुख्य सचिवको उपस्थिति रहेको थियो ।

न्यायपरिषद्ले उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीलाई सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको थियो । न्यायाधीशद्वयको नाम हिजो संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ