सार्क कार्यक्रम समितिको बैठक काठमाडौमा हुदै

सार्क कार्यक्रम समितिको बैठक काठमाडौमा हुदै

  • मङ्लबार, माघ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ १८ माघ । 

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको कार्यक्रम समितिको ५३ औँ बैठक भोली काठमाडौमा हुदैछ । सार्क अध्यक्ष मुलुकको हैसियतले नेपालले बैठक आयोजना गर्न लागेको हो ।

बैठकमा गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको बजेट लगायत विषयमा छलफल हुने जनाइएको छ ।

सार्क सचिवालयको सक्रियतामा हुन लागेको बैठकमा आठ वटै सदस्य राष्ट्रका विदेश मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिनेछन् ।

गत चैत्रमै पाकिस्तानमा आयोजना हुनुपर्ने सार्क शिखर सम्मेलन भारत पाकिस्तान सम्बन्धका कारण स्थगित भएपछि अध्यक्षता हस्तान्तरण नहुँदा कार्यक्रम समितिको बैठक नेपालले नै गर्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ