काठमाडौ १८ माघ ।
यातायात व्यवस्था कार्यालय कोसी अन्तरगत चालक अनुमतिपत्र कार्यालयका लेखापाल भूपेन्द्र कटवाल आज घुससहित पक्राउ परेका छन् ।
विषेश सुचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टोलीले कटुवाललाई सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गारेको हो ।
चारपाङ्ग्रे सवारी साधनको अनुमतिपत्र बनाइदिन्छु भन्दै दुई ग्राहकबाट रु ४० हजार घुस लिएको भनिएका लेखापाल कटवाल बिहान कार्यालय नजिकैको चिया पसलबाट पक्राउ परेका हुन् ।
कटवालले सेवाग्राही इटहरी–२४ का भूपेन्द्र कटवालसँग रु २० हजार र सङ्खुवासभा तामाफुक गाविसका दीपक थापासँग घुस माग गरेको पीडितले बताएका छन् ।
आयोगका प्रहरी निरीक्षक ओमप्रकाश खनालको नेतृत्वमा आएको टोलीले उनलाई नगदसहित पक्राउ गरेर आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline