चितवनको दारेचोकमा दुई ट्रक आपसमा ठोक्किँदा तीन घाइते : एकको अवस्था गम्भिर

चितवनको दारेचोकमा दुई ट्रक आपसमा ठोक्किँदा तीन घाइते : एकको अवस्था गम्भिर

  • मङ्लबार, माघ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ १८ माघ ।  

चितवनको दारेचोक–७ चुङ खोलास्थित पृथ्वी राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् ।

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ८१२७ नम्बरको ट्रक विपरित दिशाबाट आउदै गरेको ना ५ ख ८६६२ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब साढे ५ बजे भएको उक्त दुर्घटनामा दुवै ट्रकका चालक र सहचालक घाइते भएका छन् । प्रहरीका अनुसार ना ५ ख ८६६२ नम्बरका ट्रक चालक मकवानपुर भैसे गाविस–२ का ४० वर्षीय पशुपति थापाको अवस्था गम्भीर छ ।

यस्तै सोही ट्रकका सहचालक २२ वर्षीय विमल आलेमगर र अर्का ट्रकका चालक दोलखाका २८ वर्षीय राजु लामा पनि घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ ।

दुई ट्रक ठोक्किएपछि अवरुद्ध सडक एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ । घटनास्थल मुग्लिनबाट १० किलोमिटर काठमाडौँतर्फ पर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ