अनेरास्ववियुद्धारा स्ववियु निर्वाचन परिचालन कमिटी गठन

अनेरास्ववियुद्धारा स्ववियु निर्वाचन परिचालन कमिटी गठन

  • मङ्लबार, माघ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ , माघ १८ ।
नेकपा एमाले निकट अनेरास्ववियुले आगामी स्ववियु निर्वाचनका लागि अध्यक्ष नविना लामाको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

केन्द्रीय कार्यालय बागबजारमा बसेको स्थायी कमिटी बैठकले ११ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको प्रचार विभाग प्रमुख सुदीप शर्माले जानकारी दिनुभयो ।

परिचालन समितिमा केन्द्रीय कमिटीका उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, आयोग अध्यक्ष, सचिवालय सदस्य, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, स्ववियु निर्वाचन हुने क्याम्पसका अध्यक्ष लगायत रहने छन् ।

अनेरास्ववियुले राष्ट्र र राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न भएको भन्दै राष्ट्र र राष्ट्रिय एकताको भावनाको विकासका लागि माघ २१ गते भित्र देशभरका प्रत्येक क्याम्पसका गेटमा राष्ट्रिय झण्डा फहराउने निर्णय पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी