विश्वविद्यालयका विद्यार्थीलाई पुनरनिर्माणमा खटाउने तयारी

विश्वविद्यालयका विद्यार्थीलाई पुनरनिर्माणमा खटाउने तयारी

  • मङ्लबार, माघ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ १८ माघ ।  

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित जिल्लामा निजी आवास पुनरनिर्माणका लागि सहयोग पु¥याउन विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई खटाउने तयारी गरेको छ ।

शैक्षिक क्यालेन्डरमा असर नपर्ने गरी यही माघ मसान्तभित्र एक साताको तालिम दिएर विद्यार्थीलाई तीन सातासम्म विभिन्न गाविसमा निजी आवास निर्माणमा सहयोग पु¥याउन खटाउने तयारी गरेको हो ।

पोखरा विश्वविद्यालयका सातौँ सेमेस्टरका विद्यार्थीले परीक्षा दिइसकेकाले विश्वविद्यालय विद्यार्थीलाई स्वयम् सेवकका रूपमा खटाउने तयारी भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।

अन्य विश्वविद्यालयले पनि विद्यार्थीहरूको परीक्षा सकिएपछि स्वयम्सेवकको रूपमा गाउँमा खटाउन तयार भएको प्राधिकरणले बताएको छ ।

यसरी खटाइने विद्यार्थीलाई जिल्ला अनुसार १५ देखि १८ हजार रुपियाँसम्म भत्ता, यातायात खर्च र बीमाको सुविधा उपलब्ध गराउने प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी