काठमाडौ १८ माघ ।
झापामा जारी झापा गोल्डकप प्रतियोगितामा आज विभागिय टोली त्रिभुवन आर्मी र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुदैछ ।
यी दुई टोलीबीचको खेल दिउँसो एक बजेपछि डोमालाल रंगाशालामा हुनेछ । दुवै टोली खेलमा जीत हात पार्दै प्रतियोगिताको सेमिफाइनल पुग्ने दाउमा हुनेछ ।
यसअघि हिजो भएको खेलमा एपिएफलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै हिमालयन शेर्पा क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
निर्धारित समयमा दुवै टोली २–२ को बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline