काठमाडौ १७ माघ ।
व्यवस्थापिका संसदबाट आज निर्वाचनसँग सम्बन्धीत थप एउटा विधेयक पारित भएको छ । आजको बसेको संसदको दोस्रो बैठकले राज्य ब्यवस्था समितिको प्रतिवेदन सहितको निर्वाचन कसूर तथा सजाय विधेयक पारित गरेको हो ।
निर्वाचनमा दल तथा उम्मेदवारलाई व्यवस्थित र अनुशाशित बनाउन यो विधेयक बनाइएको हो । सदनमा विधेयक प्रस्तुत गर्दै गृहमन्त्री विमलेन्द्र नीधिले राजनीतिक दल तथा उम्मेदवारलाई व्यवस्थित गर्दै निर्वाचनलाई स्वतन्त्र र धाँधली रहित बनाउन विधेयक महत्वपूर्ण हुने बताउनुभयो ।
निर्वाचन सम्बन्धि विधेयक प्रस्ततु गर्न गृहमन्त्री निधि बिना सूचना वैठकमा अनुपस्थित भएपछि पहिलो वैठकले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण सम्बन्धि पाँचौं संशोधन पारित गर्दै स्थगित गरिएको थियो ।
त्यसपछि दिउँसो साँढे २ बजे बसेको संसदको दोस्रो बैठकमा गृहमन्त्री निधिले निर्वाचन सम्बन्धि विधेयक प्रस्तुत गर्नुभएको हो । निर्वाचन सम्बन्धि दुई वटा विधेयक अभैm राज्य व्यवस्था समितिमा छलफलकै क्रममा रहेका छन् ।
यस्तै निर्वाचनसँग सम्बन्धीत नै चार वटा विधेयक संसदमा पुगेकै छैनन । संसद बैठक पर्सी दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको छ ।