सामान्य विवादका क्रममा गोली चल्दा एक जनाको मृत्यु

सामान्य विवादका क्रममा गोली चल्दा एक जनाको मृत्यु

  • सोमवार, माघ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ १७ माघ ।  

सामान्य विवादका क्रममा गोली चल्दा धनकुटामा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा आहाले ८ का ३० वर्षीय सविन राई रहेको प्रहरीले जनाएको छ ।

स्थानीय महाभारत ९ टरीटोलका ४० वर्षीय दिपबहादुर राईले हानेको भरुवा बन्दुकको गोली लागेर राईको घटनास्थलमै ज्यान गएको धनकुटा प्रहरीले बताएको छ ।

महाभारत ९ कै टरीटोलमा आज दिउँसो करिब ३ बजेतिर सामान्य विवाद हुँदा दिपबहादुरले सविनको टाउकोमा गोली हानेका थिए ।

घटनापछि फरार रहेका दिपबहादुरको खोजीका लागि प्रहरी टोली परिचालन गरेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ